Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम

निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम


  • 3.4K
    Shares

    निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम

    काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको शिक्षक लाइसेन्स परीक्षाको लागि करिब दुई लाखले फारम भरेका छन् ।

    शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाको अनुसार एक लाख ७५ हजार जनाले परीक्षा फारम भरेको जानकारी दिए ।

    आयोगले १८ कात्तिकमा निमावि तहको शिक्षक लाइसेन्स परीक्षा नेपालभर ६७५ परीक्षा केन्द्रमा सञ्चालन गर्ने तयारी गरेको छ ।

    आयोगले लोकसेवा आयोगको परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै सोमबार बागमती प्रदेश काठमाडौं जिल्लाका निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको थियो ।

    आयोगको अनुसार परीक्षा दिउँसो एक बजे सञ्चालन हुनेछ ।

    प्रकाशित मिति :कार्तिक १४ २०८० मंगलवार - १६:३९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij