२०८२ माघ १३ गते मंगलवार
सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ।
आइतबार छापावाल सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बडेर एक लाख १७ हजार रुपैयाँ पुगेको छ। सुनको यो भाउ नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार १ लाख १६ हजार प्रतितोला कायम भएको सुनको मूल्य आज आइतरबार १ लाख १७ हजार रुपैयाँ पुगेको हो। दसैँअघि अर्थात् कात्तिक ३ गते सुनको भाउ प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय रहेको चाँदी आज १ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij