Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नयाँ नोट आजदेखि साट्न पाइने

नयाँ नोट आजदेखि साट्न पाइने


  • 2.5K
    Shares

    नयाँ नोट आजदेखि साट्न पाइने

    नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ। 

    नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो। राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएको छ।

    विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।  राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्।

    काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ।

    प्रकाशित मिति :आश्विन २९ २०८० सोमवार - ०८:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij