Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दसैँमा छुटैछुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दसैँमा छुटैछुट


  • 2.4K
    Shares

    ग्लोबल आईएमई बैंकका ग्राहकलाई दसैँमा छुटैछुट
    images

    ग्लोबल आईएमई बैंकले वडा दसैँको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दसैँ रमाईलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ।

    बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरूले आफूलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा रु. ३०० देखि रु. ५०० सम्मको नगद फिर्ता हुनेछ।

    यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक व्यक्तिहरूले योजना अवधिभर कम्तीमा रु. १००० को ३ वटा कारोबार गरेमा रु. ३०० तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा रु. ५०० को नगद फिर्ताबाट लाभान्वित हुनेछन्।

    यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात वडा दसैँ (दशमी) को दिनसम्म लागू हुनेछ।

    साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आफूलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘दसैँ’प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको नगद छुट पाउनेछन्।

    यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात बडा दसैँ (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ।

    ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ।

    प्रकाशित मिति :आश्विन २८ २०८० आइतवार - १२:२४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij