२०८२ भाद्र २ गते सोमवार
विराटनगरमा पछिल्लो २४ घण्टामा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा तीन र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेजका ब्यवस्थापक नारायण दाहालका अनुसार धनकुटा नगरपालिका–४ धनकुटाका ८२ वर्षीय वृद्धको बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषको मंगलबार राति ११स्४० बजेतिर ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो ।
सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि मंगलबार राति ९स्१५ बजे मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि ती महिलालाई मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।
यस्तै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–६ की ७० वर्षीय वृद्धाको मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि कात्तिक २६ गते अस्पताल भर्ना भएकी ती महिलाको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij