Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?


  • 2.2K
    Shares

    प्रभु बैंकको संस्थापक शेयर विक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?
    images

    काठमाडौँ ।प्रभु बैंक लिमिटेडले १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

    बैंकले दिएको जानकारी अनुसार संस्थापक शेयरधनी विनोद थकालीको नाममा रहेको उल्लेखित शेयर विक्री खुला गरिएको हो ।

    यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । 

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

    प्रकाशित मिति :आश्विन २३ २०८० मंगलवार - १५:००:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij