२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको नयाँ शुल्क तोकेको छ। आईओईले नयाँ शुल्क ४ लाख ९० हजार रुपैयाँ कायम गरिएको जनाएको छ ।
बढेको शुल्कअनुसार अब २ विषयको ४ वर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ। यसअघिको पूर्ण शुल्क ३ लाख १८ हजार रुपैयाँ थियो।
शुल्कको टुंगो लागेसँगै यी २ संकायका लागि स्नातक तहको प्रवेश परीक्षा कात्तिक १५ गते हुने तय भएको छ। यसअघि, आईओईले इन्जिनियरिङ अध्ययनको शुल्क बढाएर ७ लाख ७७ हजार ४२० रुपैयाँ पुर्याउने निर्णय गरेको थियो। उक्त शुल्कवृद्धिविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।
शुल्क विवादकै कारण आईओईले भदौ १९ र असोज २२ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा २ पटक स्थगित गरेको थियो
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij