२०८२ माघ १० गते शनिवार
काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने÷गाभिने अर्थात मर्जर सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटलको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड २०८० साल असार २८ गते बाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु मर्ज हुने भएका हुन् ।
मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । यसका साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij