२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् । सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले लाइसेन्स परीक्षा दिएका थिए । जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।
आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनि उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरित कार्य गरेको केही परीक्षार्थीको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।
त्यस्तै वस्तुगत उत्तरपुस्तिकाको रोल नम्बर संकेत गर्ने गोलो घेरामा आफ्नो सही रोल नम्बर जनाउनका लागि मसी भर्दा गल्ती गरी गोलो घेरामा मसी भरेको, एक भन्दा बढी गोलामा मसी भरेको वा मसी नै नगरेको कारण रोल नम्बर यकिन हुन नसकेको अवस्थामा समेत त्यस्तो उम्मेदवारकाे उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij