Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

सानिमा बैंकद्वारा दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य

सानिमा बैंकद्वारा दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य


  • 2.7K
    Shares

    सानिमा बैंकद्वारा दराजसँग ‘दसैँ धमाका’ योजनामा विशेष छुट दिने सहकार्य
    images

    काठमाडौँ । नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

    योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

    यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने जनाइएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी ( सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । 

    यो योजना २०८० आश्विन १७ देखि ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।

    प्रकाशित मिति :आश्विन १६ २०८० मंगलवार - १५:१४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij