Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश, सुरक्षित गर्ने आज अन्तिम दिन

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश, सुरक्षित गर्ने आज अन्तिम दिन


  • 2.3K
    Shares

    एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश, सुरक्षित गर्ने आज अन्तिम दिन
    images

    काठमाडौं । आज एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

    यी दुवै बैंकले भोलि अर्थात असोज १६ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्दैछन् । मंगलबार बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम सेयरधनीहरुले यी दुई बैंकको लाभांश पाउने छन् ।

    एनआईसी एशियाले आगामी असोज २८ गते साधारण सभा बोलाएको छ । आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा हुने सभामा बैंकले लाभांश पारित गर्ने मुख्य एजेण्डा तय गरेको छ । सभाले कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    यता, एभरेष्ट बैंक पनि आगामी असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा आयोजना गरेको छ ।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

     

    प्रकाशित मिति :आश्विन १५ २०८० सोमवार - ११:०६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij