२०८२ भाद्र ८ गते आइतवार
ललितपुर । इन्द्र जात्राको अवसरमा असोज ११ र १२ गते ललितपुर महानगरपालिका १ वडा भवन परिसरमा हुन गईरहेको विविध सांस्कृतिक कार्यक्रमलाई नेपाल पर्यटन वोर्डले सहयोग गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीका अनुसार बोर्डको बार्षिक योजनामै इन्द्र जात्रा सञ्चालनको लागि सहयोग स्वरुप बजेट छुट्टाउने जानकारि दिए ।
मानव सभ्यताको महत्व बोकेको बागमती नदिको किनारमा अवस्थित ललितपुर महानगरपालिका १ नं वडा कुपण्डोल क्षेत्रमा इतिहासमै पहिलो पटक इन्द्र जात्रा मनाउन लागिएको हो । यस कार्यक्रमका संयोजक विवेक तण्डुकारले जात्रा व्यवस्थापन तथा सञ्चालनको लागि करिब सबै तयारी पुरा भएको बताउंदै संस्कृति, सम्पदा प्रेमी सम्पूर्ण नागरिकहरुलाई सपरिवार सहित आफन्त, इष्टमित्र र छरछिमेकी सबै उपस्थित भइ कार्यक्रमको गरिमा बढाइदिन अनुरोध पनी गरेका छन् ।
इन्द्रजात्राको शुभ-अवसरमा आयोजित ऊक्त कार्यक्रममा विभिन्न देवी देवताको नृत्य हुनेछ । आगामी आश्विन ११ गते विहिबार २ बजेर ३० मिनेट देखि कुपण्डोलमा अवस्थित पवित्र बागमती किनारको धार्मिक स्थल चारधाम मन्दिर र वडा कार्यालयको बीच भागमा यस कार्यक्रम सञ्चालन हुनेछ ।
जात्राका रोचक पक्षमा महाकाली नाच , मिप्वा लाखे नाच , चर्या नाच , धिमे बाजा तथा नाच , अन्य सांस्कृतिक कार्यक्रमहरू विभिन्न खाद्य तथा हस्तकला सामाग्रीका स्टल तथा प्रर्दसनीहरू रहने बताईएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij