Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

साफ यू-१९: दुई खेलाडी मैदानमा भिडेपछि दुवैजनालाई नै रातो कार्ड

साफ यू-१९: दुई खेलाडी मैदानमा भिडेपछि दुवैजनालाई नै रातो कार्ड


  • 3.7K
    Shares

    साफ यू-१९: दुई खेलाडी मैदानमा भिडेपछि दुवैजनालाई नै रातो कार्ड

    साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र मालदिभ्स दुवै टोली १० खेलाडीमा समेटिएका छन्। 

    खेलको ३४ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड पाएका हुन्। 

    मालदिभ्सका खेलाडीले हानेको लङ क्रसमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। 

    खेलको पहिलो हाफ जारी रहँदा नेपाल २–० ले अगाडि छ। नेपालका लागि प्रशान्त लक्सन र समिर तामाङले गोल गरे।

    प्रकाशित मिति :आश्विन ८ २०८० सोमवार - १४:०४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij