Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पेस्तोलसहित वीरगञ्जबाट एक जना पक्राउ

पेस्तोलसहित वीरगञ्जबाट एक जना पक्राउ


  • 8.1K
    Shares

    पेस्तोलसहित वीरगञ्जबाट एक जना पक्राउ

    काठमाडौं । ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–११ दुर्गा टोलका ४९ वर्षीय जितेन्द्रप्रसाद सिंह पेस्तोलसहित पक्राउ परेका हुन् ।

    सिंहले आफ्नो घरमा अवैध रुपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले ४ राउण्ड गोलीसहित सिंह पक्राउ परेको हो। 

    सिंहको घर खानतलासी गर्दा स्टिलको दराजको सेफ बक्सभित्र ७.५६ एमएमको ४ राउण्ड गोली लोड भएको म्यागजिनसहित पेस्तोल बरामद भएको हो । 

     

     

     


     

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - १२:०३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij