Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नाडा अटो सोमा ६५ हजारले अवलोकन गर्दा टिकट बेचेर नै कमायो सवा करोड

नाडा अटो सोमा ६५ हजारले अवलोकन गर्दा टिकट बेचेर नै कमायो सवा करोड


  • 2.1K
    Shares

    नाडा अटो सोमा ६५ हजारले अवलोकन गर्दा टिकट बेचेर नै कमायो सवा करोड

    काठमाडौँ । १५औँ संस्करणको नाडा अटो सो, २०२३ आज समापन हुँदै छ । गत मङ्लबार अर्थात् भदौ २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो सो भदौ ३१ गते (आज) समापन हुँदै छ । 

    कुल छ दिन सञ्चालन हुने अटो सो लक्ष्यको करिब नजिक पुगेको आयोजक नाडाले जनाएको छ । अटो सोको पाँचौँ दिन अर्थात् शनिबारसम्ममा झन्डै ६५ हजार (६४ हजार ९ सय) अवलोकनकर्ताहरूले अवलोकन गरेको संयोजक अनुपकुमार बरालले जानकारी दिए । 

    ‘हामी लक्ष्यको निकै नजिक पुगिसकेका छौँ,’ संयोजक बरालले भने, ‘हाम्रो लक्ष्य ७५ हजार हो । पाँचौँ दिनसम्ममा ६४ हजार ९ सय जनाले सोको अवलोकन गरिसकेका छन् भने अन्तिम दिन थप ८–१० हजार जनाले अवलोकन गर्ने प्रायः निश्चित छ ।’

    आर्थिक शिथिलताका बाबजुद पनि सर्वसाधारण अटो पारखीहरूको उत्साहलाई देखेर आयोजक नाडा थप उत्साहित भएको उनले बताए । अटो सोमा दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे, विद्युतीय गाडीहरूको खरिद–बिक्री उत्साहप्रद रूपमा भएको पनि उनले बताए । 

    अटो सोमा अतिरिक्त सवा करोडको व्यापार

    १५औँ संस्करणको अटो सोमा अतिरिक्त सवा करोड रुपैयाँ बराबरको व्यापार हुने देखिएको छ । उसो त यो गाडी खरिद–बिक्रीमार्फत नभएर अटो सोमा उपस्थित अवलोकनकर्ता (भिजिटर) लाई टिकेट बेचेर आर्जन हुने पैसा हो । 

    आयोजक नाडाकै अनुसार शनिबार बेलुकासम्ममा ६४ हजार ९ सय जना अवलोकनकर्ताले अटो सोको अवलोकन गरिसकेका छन् । प्रतिटिकेट २०० रुपैयाँ शुल्क तोकिएकोमा अनलाइनमार्फत काट्दा नाडाले २० प्रतिशत छुटको व्यवस्था गरेको छ । यस्तै विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरेकोमा १५० रुपैयाँ मात्र लाग्ने व्यवस्था नाडाले गरेको छ । 

    यसो गर्दा आयोजक नाडाले शनिबारसम्ममा मात्र अवलोकनकर्ताबाट करिब १ करोड ४ लाख रुपैयाँ उठाइसकेको छ । यद्यपि कुल अवलोकनकर्तामध्ये कम्तीमा २० प्रतिशत विद्यार्थी रहेको हुन सक्ने नाडाको भनाइ छ । 

    ‘६५ हजार अवलोकनकर्तामध्ये कति विद्यार्थी छन् र कति सर्वसाधारण छन् भन्ने हिसाब निकाल्न बाँकी नै छ । विद्यार्थीको सङ्ख्या २०–३० प्रतिशत हुन सक्छ,’ संयोजक बरालले  भने । 

    अन्तिम दिन आइतबार थप ८–१० हजार अवलोकनकर्ताहरूबाट थपिने टिकेट शुल्कबापत औसत १५ लाख रुपैयाँले नाडाको अतिरिक्त आम्दानी सवा करोडमाथि पुग्ने देखिन्छ । 

    प्रकाशित मिति :भाद्र ३१ २०८० आइतवार - १४:५६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij