Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कान्ति अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा आकस्मिक कक्षमा नै लापरवाही भएको निष्कर्ष

कान्ति अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा आकस्मिक कक्षमा नै लापरवाही भएको निष्कर्ष


  • 6.0K
    Shares

    कान्ति अस्पतालमा बालिकाको मृत्यु प्रकरणमा आकस्मिक कक्षमा नै लापरवाही भएको निष्कर्ष

    कान्ति बाल अस्पतालमा भदौ १८ पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधनमा आकस्मिक कक्षमा लापरवाही गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

    शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन समितिले सो सम्बन्धी प्रतिवेदन बुझाएको जानकारी दिँदै घटनाबारे संसदलाई जानकारी गराए।

    कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भइ हाल कामनपाको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएको थियो।

    प्रधानमन्त्री दाहालले घटनाको छानबिन सम्बन्धमा बनेको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति संवेदनशीलता प्रदर्शन हुन नसकेको देखाएको बताए।

    उनले भने, ‘घटना सार्वजनिक भए लगत्तै कान्ति बाल अस्पतालबाट ५ दिनको समयावधि प्रदान गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएकोमा समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रदर्शन हुनुपर्ने हो त्यो गर्न नसकेको तीतो यथार्थले सधैँ झक्झक्याउने महशुस गर्दै अस्पतालले विगतदेखि गरेका तर तत्काल सुधारका बाटोहरुलाई कार्यान्वयन गर्न नसकेकाले विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निस्कर्ष पेस गरेको छ।’

    प्रतिवेदनले अस्पतालले आफ्नो तहबाट गर्न सकिने सुधारको थालनी तत् समयबाट गरिसकेको उनले बताए।

    अस्पताललमा अझै गर्नुपर्ने सुधारका निम्ति आफ्नो पहलकदमीले मात्रै सम्पादन हुन नसक्नेका लागि तालुक निकायको समेत सहयोगको अपेक्षा गरेको उल्लेख छ। सरकारको तर्फबाट यस्ता घटनामा दोषी पाए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने प्रधानमन्त्रीले विश्वास दिलाए।

    प्रकाशित मिति :भाद्र २९ २०८० शुक्रवार - १३:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij