Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मोटरसाइकल दुर्घटनामा परी एमाले नेता गणेश कार्कीको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एमाले नेता गणेश कार्कीको मृत्यु


  • 3.3K
    Shares

    मोटरसाइकल दुर्घटनामा परी एमाले नेता  गणेश कार्कीको मृत्यु

    काठमाडौँ ।  सर्लाहीमा सवारी  दुर्घटनामा परी बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय एमाले नेता गणेश कार्कीको मृत्यु भएको छ । 

    सर्लाहीको बागमतीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

    कार्की सवार बा ३० प ९४०७ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।

     दुर्घटनामा ३ वर्षीया बालिकासहित तीनजना घाइते भएका छन्।  ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलमा सवार हरिवन नगरपालिका- १ का ३२ वर्षीय मुकेशकुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी दुर्घटनामा घाइते भएका छन्।

     

    प्रकाशित मिति :भाद्र २९ २०८० शुक्रवार - ०९:५८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij