२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं। सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । आजकै दिन सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्ट को अध्यक्षतामा बसेको सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने / प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीको विशेष साधारण सभामा सक्रिय भुमिका निर्वाह गर्ने शेयरधनीहरु, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई धन्यबाद दिंदै सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij