Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एशियाकप सुपर फोरमा पाकिस्तानले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो

एशियाकप सुपर फोरमा पाकिस्तानले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो


  • 3.7K
    Shares

    एशियाकप सुपर फोरमा  पाकिस्तानले टस जितेर भारतलाई दियो ब्याटिङको निम्तो
    images

    काठमाडौँ । टस जितेर फिल्डिङ्ग रोजेको पाकिस्तान बिरुद्ध भारतले उत्कृष्ट ब्याटिङ्ग गर्दै शानदार प्रदर्शन गरिरहेको छ । खेलको १५औं ओभर सम्म विनाविकेटक क्षेतिमा भारतले ११५ रन बनाई सकेको छ ।

    श्रीलंकाको राजधानी कोलम्बोस्थित आर.प्रेमादासा रंगशालामा भएको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे बाट सुरुभएको हो । 

    हालसम्म भारत र पाकिस्तानबीच एक सय ३३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको मध्ये ७३ खेलमा पाकिस्तानले भारतलाई हराएको छ भने ५५ खेलमा भारत विजयी भएको छ । यी दुई राष्ट्रबीच खेलिएको पाँच खेल भने नतिजा विहिन भएको थियो । 

    घरेलु मैदानमा पाकिस्तानले १४ र भारतले ११ खेल जितेका छन् । यसैगरी भारतीय भूमिमा पाकिस्तानले १९ खेल जितेको छ भने पाकिस्तानी भूमिमा भारतले ११ खेल जितेको छ ।

    यसका अतिरिक्त ‘न्यूट्रल भेन्यू’ मा पाकिस्तानले ४० खेल जितेको छ भने भारतले ३३ खेलमा सफलता हात पारेको छ ।

    प्रकाशित मिति :भाद्र २४ २०८० आइतवार - १५:२८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij