Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप


  • 4.5K
    Shares

    महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

    जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

    सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो ।

    मंगलबार दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त छ । प्रहरीमाथि पनि विद्यार्थीले ढुंगामुढा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रुग्यास हानेको छ ।

    विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिए ।

    उनका अनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८० मंगलवार - १५:३१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij