Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नेपाली खेलाडीको हौसला बढाउन रवि लामिछाने श्रीमती निकितासहित श्रीलंका जाने

नेपाली खेलाडीको हौसला बढाउन रवि लामिछाने श्रीमती निकितासहित श्रीलंका जाने


  • 2.7K
    Shares

    नेपाली खेलाडीको हौसला बढाउन रवि लामिछाने श्रीमती निकितासहित श्रीलंका जाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् ।

    भारतविरुद्धको खेलमा नेपाली टिमलाई समर्थन गर्न उनी श्रीलंका गएका हुन् । श्रीमती निकितासहित सभापति लामिछाने श्रीलंका प्रस्थान गरेको रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराले फेसबुकमार्फत् जानकारी दिएका छन् ।

    एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

    नेपाल पहिलो खेलमा पाकिस्तानसित पराजित भएको थियो । नेपालकै समूहका भारत र पाकिस्तानबीचको खेल भने शनिबार राति वर्षाका कारण रद्ध भएको थियो ।

    प्रकाशित मिति :भाद्र १७ २०८० आइतवार - १५:५२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij