Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जुम्लाबाट मुगु जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सनाखत हुन बाँकी

जुम्लाबाट मुगु जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सनाखत हुन बाँकी


  • 2.3K
    Shares

    जुम्लाबाट मुगु जाँदै गरेको  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, सनाखत हुन बाँकी

    जुम्लाबाट मुगुका लागि छुटेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित छलपुनेरा नजिक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो।

    नाग्म–मुगु सडक खण्डअन्तर्गत छलपुनेरा नजिक भे १ ज १०९९ नम्बरको जिप आइतबार बिहान करिब ७ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

    उनले भने, ‘चालक र सहचालकको सनाखत हुन सकेको छैन। जिल्लाबाट घटनास्थल पुग्न धेरै टाढा छ। मुगुबाट प्रहरीको टोली आउँदै छ। त्यो प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउला।’

    जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ। जिपमा चालक र सहचालक मात्रै सवार थिए। दुर्घटनाको कारण खुलेको छैन।

    प्रकाशित मिति :भाद्र १७ २०८० आइतवार - ०९:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij