Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिइभिटीद्वारा प्रि–डिप्लोमा तहको नियमित र मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)

सिटिइभिटीद्वारा प्रि–डिप्लोमा तहको नियमित र मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)


  • 2.9K
    Shares

    सिटिइभिटीद्वारा प्रि–डिप्लोमा तहको नियमित र मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको नियमित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । भदौं २२ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने सैद्धान्तिक परीक्षाहरू सञ्चालनका लागि परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो ।

    परिषद्ले प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्रहरू कायम गरिएको जनाएको छ । साथै साउन ९ गते प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम प्रि– डिप्लोमा तहका नियमित प्रशिक्षार्थीहरूको तोकिएको मितिभित्र रीतपूर्वकको परीक्षा आवेदन फाराम बुझाएका प्रशिक्षार्थीहरूको साउन २३ गते प्रकाशित परीक्षा तालिका बमोजिमका सम्पूर्ण परीक्षाहरूको भदौं २२ गते सञ्चालन हुनेछ ।

    परीक्षा केन्द्रको विस्तृत विवरण https://itms.ctevt.org.np:5580/ मा राखिएको छ ।

    डिप्लोमा/प्रमाणपत्र तहको एक विषयको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालय डिप्लोमा/प्रमाणपत्र तहको एक विषयको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरू र विशेष छात्रवृत्ति कार्यक्रमतर्फ डिप्लोमा तथा प्रमाणपत्र तह नियमित अध्ययन गरी तेस्रो वर्ष दोस्रो खण्डमा मात्र कुनै एक विषयको सैद्धान्तिक परीक्षा अनुत्तीर्ण भएका प्रशिक्षार्थीहरूको सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत रीतपूर्वकको आवेदन फाराम भरेका परीक्षार्थीहरुका लागि एक विषयको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    डिप्लोमा तहका सिभिल, स्पेसलाइजेसन इन हाइड्रोपावर, इलेक्ट्रिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स, मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, सूचना प्रविधि, जियोमेटिक्स, रेफ एन्ड एसी, सोसियल वर्क र फुड एन्ड डेरी टेक्नोलोजी कार्यक्रमहरूका लागि एक विषयको मौका (आंशिक) परीक्षा असोज ६ गते बिहान ७ः०० बजेदेखि काठमाडौँ उपत्यकामा सञ्चालन गरिने जनाएको छ ।

    विस्तृत परीक्षा तालिका https://itms.ctevt.org.np:5580/ मा राखिएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०८० आइतवार - ०६:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij