Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सन नेपाल लाइफको आईपीओ भोलि बाँडफाँट हुने

सन नेपाल लाइफको आईपीओ भोलि बाँडफाँट हुने


  • 2.6K
    Shares

    सन नेपाल लाइफको आईपीओ भोलि बाँडफाँट हुने

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ भोलि शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले उक्त आईपीओ शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने जानकारी दिएको हो । 

    कम्पनीको आईपीओमा १५ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्गको अन्तिम तथ्यांक अनुसार १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस हिसावमा योग्य आवेदक ७ लाख ६८ हजार जनाले १० कित्ताका दरले आईपीओ हात पार्नेछन् । ८ लाख १२ हजार ४९० जनाको भने हात खाली हुनेछ । 

    कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणको लागि विक्रीमा ल्याएको थियो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ ।

    प्रकाशित मिति :भाद्र १४ २०८० बिहिवार - १८:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij