Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

तीन सातापछि खुल्यो रसुवागढी नाका

तीन सातापछि खुल्यो रसुवागढी नाका


  • 6.0K
    Shares

    तीन सातापछि खुल्यो रसुवागढी नाका
    images

    काठमाडौं । माघ २९ गतेदेखि बन्द रहेको नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ ।

    रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीका अनुसार नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

    भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँ पक्षले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए । यो वर्ष कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा पटकपटक अवरोध भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २१ २०७७ शुक्रवार - १०:५०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij