Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्री प्रचण्डले दिए जीतको शुभकामना

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्री प्रचण्डले दिए जीतको शुभकामना


  • 1.8K
    Shares

    • images
    नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्री प्रचण्डले दिए जीतको शुभकामना
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्। एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेका नेपाली क्रिकेट टीमसँग बुधबार बिहान नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन्।

    शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।

    भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए। पाकिस्तानको मुल्तानमा नेपालले बुधबार एसिया कप क्रिकेटमा डेब्यु गर्दैछ। मुल्तान क्रिकेट रंगशालामा घरेलु टोली पाकिस्तानसँग खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्न लागेको हो।

    आफ्नो डेब्यु खेललाई यादगार बनाउने अभियानमा नेपाल छ। तर, त्यसका लागि पाकिस्तानको धारिलो बलिङ आक्रमणसँगै विस्फोटक ब्याटिङ लाइनलाई निस्तेज पार्नु जरुरी छ। पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण विश्वकै उत्कृष्ट मानिन्छ। साहिन साह अफ्रिदी, हरिस रौफ र नसिम साह पाकिस्तानका उत्कृष्ट बलर मानिन्छन्। उनीहरूको बलिङको सामना गर्न विश्वका चर्चित ब्याटरलाई पनि हम्मेहम्मे पर्ने गर्छ। 

    घरेलु टोली पाकिस्तानको मुख्य हतियार तीब्र गतिको बलिङलाई निस्तेज पार्न नेपालले कस्तो रणनीति बनाउँछ भन्ने उत्सुकता सबैमा छ। तीव्र गतिको बलिङ सामु नेपाली ब्याटिङको प्रदर्शन औसत मानिन्छ। तीव्र गतिको बलिङमा हाम्रा खेलाडीले रन बनाउन संघर्ष गर्दै आएका छन्। यस्तो अवस्थामा मुख्य प्रशिक्षक मोन्टी देसाइले कस्तो रणनीति बनाउँछन्, त्यो हेर्न बाँकी छ।

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - १०:४५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij