Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मंसिर १७ गतेबाट चन्द्रागिरी हिल्सको आइपीओ, कहाँबाट दिन सकिन्छ आवेदन ?

मंसिर १७ गतेबाट चन्द्रागिरी हिल्सको आइपीओ, कहाँबाट दिन सकिन्छ आवेदन ?


  • 10.3K
    Shares

    मंसिर १७ गतेबाट चन्द्रागिरी हिल्सको आइपीओ, कहाँबाट दिन सकिन्छ आवेदन ?
    काठमाडौं । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता सेयर जारी गर्न लागेको हो । चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको छ ।

    यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन सक्नेछन् । साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन पाउनेछन् । 

    कम्पनीले जारी गर्न लागेको उक्त आइपीओमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयमा आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म आइपीओ बिक्री हुने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न कार्तिक २८ गते अनुमति दिएको थियो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । चन्द्रागिरी हिल्सले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।
     
    कहाँबाट दिन सकिन्छ आवेदन ?
     
    chandra firi.jpg

    प्रकाशित मिति :मंसिर १० २०७७ बुधवार - ०८:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij