Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महानगरको फैसला, व्यापारिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

महानगरको फैसला, व्यापारिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने


  • 2.5K
    Shares

    महानगरको फैसला, व्यापारिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका व्यापारिक भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भएको छ। महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै कार्यान्वयनको बाटो खुलेको हो ।

    महानगरले आवासीय एवम् व्यावसायिक भवनहरूमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, सो निणर्यविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एशोसिएनले उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।

    उच्च अदालत पाटनले महानगरको पक्षमा अन्तरिम आदेश दिएसँगै व्यापारिक भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क लिन पाउने छैनन् ।

    उक्त रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरसँग लिखित जवाफ माग गरेको थियो ।

    अदालतले ३० साउनसम्म व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरूमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन आदेश दिएको थियो । 

    उक्त आदेशमा ३० साउनमा दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो । दुवै पक्षसँगको छलफलपछि अदालतले महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १५:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij