Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गोरखामा अविरल वर्षापछि बाढी र पहिरो: एक घर बगायो, ६ घरमा क्षति

गोरखामा अविरल वर्षापछि बाढी र पहिरो: एक घर बगायो, ६ घरमा क्षति


  • 2.3K
    Shares

    गोरखामा अविरल वर्षापछि बाढी र पहिरो: एक घर बगायो, ६ घरमा क्षति

    गोरखा । लगातारको बर्षाका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका–६,काशीगाउँ स्थित यार्सामा पहिरोले एक घर बगाएको छ । आइतवार राती बस्ती माथिबाट खसेको पहिरोले स्थानीयबासी भीमबहादुर घलेको घर बगाएको वडाध्यक्ष धनकुमार घलेले जानकारी दिए। पहिरोले संगै रहेका अन्य ६ वटा घरमा समेत क्षति पुगेको उनले बताए।

    पहिरोले घलेको घरमा भित्र रहेको नगद, जिन्सी सबै लगेको उनले बताए । ‘एक्कासी घरमाथिबाट पहिरोसहित खोल्सामा बाढी आएछ। अनि मान्छे चाहिँ भागेर ज्यान जोगाएछन्। घरचाहिँ सबै लगेछ’, वडाअध्यक्ष घलेले भने ‘सात जनाको परिवार छोरीको घरमा शरण लिएर बसेका छन्। खाद्यान्न, लत्ताकपडा केही छैन। उनीहरुलाई तत्काल खाने, बस्ने व्यवस्था गर्न सहयोगको आवश्यकता छ।’

    घर पूर्ण रुपमा क्षति नभएपनि सोही बाढी र पहिरोले अन्य छ घर पनि क्षति पुर्‍याएको छ। टेकबहादुर घले, जयबहादुर गुरुङ, सुनबहादुर गुरुङ, च्याबर घले, धामी घले र आइतीमाया घलेको घरमा बाढी र पहिरोले आंशिक क्षति पुर्‍याएको उनले बताए।

    पहिरोले कुलोमाथि निर्माण गरिएका तीनवटा सिमेन्टको पुल समेत बगाएको छ । ‘बस्ती नजिकै रहेको कुलोमा बालबालिकाहरुलाई आउजाउमा जोखिम हुने भएकाले सिमेन्टको प्रयोग गरेर ३ वटा पुल निर्माण गरिएको थियो, तिनवटै पुल पनि पहिरोले बगाएको छ, वडाध्यक्ष घलेले भने, ‘पुल बगाएपछि बालबालिकाहरुलाई हिडडुल गर्न समेत अहिले जोखिम भएको छ ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १२:३६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij