२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नयाँ ब्रोकरका रूपमा ‘मेगा स्टक मार्केट्स लिमिटेड’ सञ्चालनमा आएको छ। नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल (ब्रोकर) सेवा अनुमति लिएर शुक्रबारदेखि उक्त ब्रोकर सञ्चालनमा आएको हो।
कम्पनीले नेपाल स्टक एक्सचेञ्जबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ (सीडीएससी)को राफसाफ सदस्यता लिएर सबै प्रक्रिया पूरा गरिसकेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अध्यक्ष प्रा.डा गोविन्द नेपाल, धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले कम्पनीको उद्घाटन संयुक्त रूपमा गरे।
कम्पनीले सुशासन, नियमअनुसार उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ता लाई छिटो र सरल ग्राहकमैत्री सेवा दिने प्रतिबद्ता गरेको छ। आइतबार (भदौ १० गते) देखि लगानीकर्ताले ब्रोकर खाता खोलेर कारोबार गर्न सक्ने कम्पनीले बताएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij