Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वित्तीय साक्षरता सम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छ : गभर्नर अधिकारी

वित्तीय साक्षरता सम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छ : गभर्नर अधिकारी


  • 3.6K
    Shares

    वित्तीय साक्षरता सम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता सम्बन्धी ज्ञान सर्वसाधारण सहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन् । 

    काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा बोल्दै अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताएका हुन् ।

    उनले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताए । यस्तै राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंक भित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको बताए ।

    गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको भन्दैं कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन अनुरोध गरे । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने बताए ।

     

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १६:१८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij