Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो १ लाख ५० हजार जरिवाना

ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो १ लाख ५० हजार जरिवाना


  • 3.8K
    Shares

    ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो १ लाख ५० हजार जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

    शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।

    उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।

    महानगरका निरीक्षण अधिकृत डा। अवधेश झा भन्छन्, ‘कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुन्छ, हामीले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको थियो । लिकेज भएकोले ढुसी परेको हो ।’

     

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १४:१०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij