Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

काठमाडौँ युथ कनक्लेभ २०८० सम्पन्न, डिआरएस गेमिङलाई ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान

काठमाडौँ युथ कनक्लेभ २०८० सम्पन्न, डिआरएस गेमिङलाई ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान


  • 2.2K
    Shares

    काठमाडौँ युथ कनक्लेभ २०८० सम्पन्न, डिआरएस गेमिङलाई ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान
    images

    काठमाडौँ । युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० सम्पन्न भएको छ । 

    शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित उक्त कार्यक्रम ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान गर्दै सम्पन्न भएको हो । 

    कार्यक्रममा गीत, सङ्गीत, हास्यब्यङ्ग्य, देशका ख्यातिप्राप्त व्यक्तित्वहरू आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणादायी विचारहरू व्यक्त गरेका थिए ।

    मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै डिआरएस गेमिङलाई एक लाखको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ । 

    कार्यक्रममा गायकहरू नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठलगायतको प्रस्तुति रहेको कार्यक्रमका संयोजक राजु टण्डन बताए । करिब पाँच हजार विद्यार्थी तथा युवाहरूको कार्यक्रममा सहभागिता रहेको संयोजक टण्डले जानकारी दिए । 

    केवाइसी युवा विद्यार्थीहरूलाई मोटिभेटर इन्स्पायर गर्ने कार्यक्रम हो । नेपालमै रहेर ख्यातिप्राप्त व्यक्तिहरूको सफलताको कथा युुवासम्म पुर्याउनु, नेपाली उत्पादनको प्रवद्र्धन गर्नु, नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरूलाई विदेश पलायन हुनुबाट रोक्नु उक्त कार्यक्रमको उद्देश्य रहेको उनले बताए । हरेक बर्ष आयोजना हुँदै आएको सो कार्यक्रम केवाइसीको चौथो श्रृङ्खला हो । 

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १४:०१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij