Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

भिमसेनथापा गाउँपालिकाले पालिका भित्रका गर्भवतीलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा प्रदान

भिमसेनथापा गाउँपालिकाले पालिका भित्रका गर्भवतीलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा प्रदान


  • 5.2K
    Shares

    भिमसेनथापा गाउँपालिकाले पालिका भित्रका गर्भवतीलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा प्रदान

    गोरखा। गोरखाको भिमसेनथापा गाउँपालिकाले पालिका भित्रका गर्भवती महिलाहरुलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको छ ।

    गर्भवती महिला र गर्भमा रहेका शिशुको स्वास्थ्य अबस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य इकाई मार्फत स्वास्थ्यकर्मीहरुले नि: शुल्क भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

    गाउँपालिकाले पालिका भित्रका बिभिन्न १० स्वास्थ्य संस्थाहरुबाट १ सय ५० जना गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको उनले बताए । 

    भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य अबस्था बुझ्न सजिलो हुने उनले बताए । एम्बुलेन्स सहितको स्वास्थकर्मीको टोली हरेक महिना पालिका भित्रका गर्भवती आमाको गर्भवस्थाको परीक्षण गर्न टोलटोलमा पुग्ने गरेका हुन् ।

    ‘गाउँपालिकाको बोलाई स्वास्थ्य चौकी, महादेवटार आधारभुत स्वास्थ्य सेवाकेन्द्र, सहिद स्मृति आधारभूत अस्पतालबाट निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको छ, उनले भने, ‘त्यस्तै बगुवा स्वास्थ्य चौकी, खान्चोक स्वास्थ्य चौकी, मसेल सामुदायिक स्वास्थ्य इकाई, ओख्ले आधारभूत स्वास्थ्य सेवाकेन्द्र, तान्द्राङ स्वास्थ्यचौकीबाट नियमित सेवा उपलब्ध गराइदै आएका छन् ।’

    गर्भमा रहेको बच्चाको अवस्था थाहा पाउन र समयमै समस्याहरुको पहिचान गर्ने उदेश्यले पालिका भित्र नै गर्भवती महिलाहरुका लागी नि: शुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए। प्रोटेबल भिडियो एक्स–रे मेसिनको प्रयोग गरी स्वास्थ्यकर्मीले वडावडामा पुगेर सेवा दिदै आएको उनले बताए।

    गाँउपालिकाले यो सेवा सुरु गर्नुअघि पालिका भित्रका गर्भवती महिलाहरु गर्भावस्थाको परीक्षणका लागी गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता रहदै आएको थियो । अहिले पालिका भित्रैबाट प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसंगै गर्भावस्थामा हुनेसक्ने समस्याहरुको समयमा नै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उनको भनाई छ ।

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १३:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij