Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

नेपालले पहिलो पल्ट एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको आयोजना गर्दै, २५ देशले भाग लिने

नेपालले पहिलो पल्ट एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको आयोजना गर्दै, २५ देशले भाग लिने


  • 1.9K
    Shares

    नेपालले पहिलो पल्ट एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको आयोजना गर्दै, २५ देशले भाग लिने

    काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ५५औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको अन्तिम तयारीको बारेमा प्रेस विज्ञप्ती मार्फत जानकारि दिएको छ ।

    नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले ऐतिहासिक प्रथम पटक भाद्र १५ गते नेपालमा एशियन च्याम्पियनशिप प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    हाल सम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेको छ । एशियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।  एशियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, र महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिने बताईएको छ । 

    प्रतियोगितामा शारीरिक सुगठनसहित जुनियर शारीरिक सुगठन, महिला शारीरिक सुगठन, मास्टर शारीरिक सुगठन, पुरुष एथ्लेटिक फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स, पुरुष फिटनेस फिजिक्स, महिला फिटनेस फिजिक्स, महिला स्विमसुट, पुरुष तथा महिला जुनियर फिटनेस फिजिक्स, मिक्स लगायतमा प्रतिस्पर्धा हुनेछ ।

    होटल याक एण्ड यति तथा ¥याडिसन होटलमा आयोजना हुने प्रतियोगिताको लागि कूल ३ करोड ६२ लाख बजेट लाग्ने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :भाद्र ६ २०८० बुधवार - १६:२५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij