Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

गोरखामा बलात्कारको आरोपमा दुई जना पक्राउ

गोरखामा बलात्कारको आरोपमा दुई जना पक्राउ


  • 3.0K
    Shares

    गोरखामा बलात्कारको आरोपमा दुई जना पक्राउ
    images

    गोरखा। गोरखामा जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

    पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्बर १० अमराई बस्ने ३२ बर्षका हरि लामिछाने र भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेल ५२ बर्षका पुरुष रहेका छन् । 

    लामिछानेले गएको साउन १९ गते १६ बर्षकी नाबालिका बर्षलाई गोरखा नगरपालिका–७, नयाँबजार स्थित पीडितको डेरा कोठामा एक्लै भएको मौका छोपी कोठा भित्र प्रवेश गरेर जवजस्ती करणी गरेको पिडित परिवारले दिएको जाहेरीमा उल्लेख छ ।

    त्यस्तै मसेल स्थित गैह्राथोकबाट पक्राउ परेको पुरुषले मानसिक तथा शारिरिक अपांगता भएकी १९ बर्षकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

    ति युवतीलाई फकाई फुलाई घर कोठा भित्र लगी जबरजस्ती करणी गरेको घटनामा पीडितको आफन्तले दिएको जाहेरीमा उल्लेख छ ।

    पक्राउ परेका दुवै जना बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरिएको छ । उनिहरु माथि थप अनुसन्धानका लागि जिल्ला अदालत गोरखाबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १०:५६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij