२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) ले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको तर उपत्यका नगरपालिका फोरमले माग गरेजस्तो निषेधाज्ञा भने नलगाइने भएको छ ।
सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकमा संक्रमणको पछिल्ल्लो अवस्थाबारे छलफल भएको थियो । सीसीएमसीका सचिव महेन्द्र गुरागाईंका अनुसार कतिपय जिल्लामा संक्रमण न्यून भएपनि उपत्यकामा उच्च जोखिम रहेको विश्लेषण छ । तर मेयर फोरमले माग गरेजस्तो उपत्यकाभर निषेधाज्ञा भने नलगाइने उनले प्रष्ट पारे ।
बैठकले सबै देशहरुमा उडान अनुमति दिदै जाने निर्णय गरेको छ । आज सिंहदरबारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकहरुमा पनि आवश्यकता अनुसार उडानको अनुमति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नियमित उडान स्वीकृति भउका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार विस्तारै नियमित उडान अनुमति दिदै जाने निर्णय भएको जानकारी दिए ।
आवश्यक पर्यो भने संक्रमित धेरै भेटिएका क्षेत्र शिल गर्ने, तर सिंगो काठमाडौं उपत्यकामा तत्काल निषेधाज्ञा जारी नगर्न सबै सहमत भएको मेयर शाक्यले सुनाए ।
बैठकमा उच्च र न्यून जोखिम भएका क्षेत्रहरुमा कुनकुन क्षेत्र खुला गर्ने र कुनकुन क्षेत्र बन्द गर्ने भन्ने छलफल भएको छ । ‘संक्रमण न्यून भएका जिल्लाहरुमा बन्द भएका सेवाहरु विस्तारै खोल्दै जान सकिन्छ’ उनले भनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij