२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यालय तत्काल खाली गर्न नेपाल मधेसी निजामती कर्मचारी मञ्चले उर्दी जारी गरेको छ । लोसपाले कार्यालय सञ्चालन गर्दै आएको उक्त भवन मधेस कर्मचारी मञ्चको हो ।
२०७१ सालमा सरकारले नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा एमालेनिकट निजामती कर्मचारी संगठन तथा तराई मधेस केन्द्रित दलनिकट नेपाल मधेसी निजामती कर्मचारी युनियनको कार्यालय राख्न एकएक रोपनी भोगाधिकार हुने गरी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
उक्त जग्गामा मधेसी कर्मचारी मञ्चले भवन बनाएको थियो । २०७४ सालमा तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि नयाँ पार्टीको कार्यालय मधेसी कर्मचारी मञ्चको सो भवनमा राखिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij