२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर विवाह बन्धनमा बाँधिएका छन्। विमलले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नी प्रेमिकासँगको विवाहको तस्बिर सार्वजनिक गरेका हुन्।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका विमल र उनकी प्रेमिका लिना प्रधान विवाह बन्धनमा बाँधिएका हुन्। विवाहको फोटो सार्वजनिक गर्दै विममले लेखेका छन्, ‘मेरो हिजो आज र सँधैभरि।। र उनी अरु कोही होइनन् मेरी अर्धाङ्गिनी।’
विमलले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत दशरथ रंगशालामा भएको पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि खेलमा गरेको गोल लिनालाई नै समर्पण गरेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij