२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । पछिल्लो समय सानोपर्दाको आकर्षण बढ्दो छ । त्यसैले पनि ठुलोपर्दामा नाम कमाएका कलाकार सानोर्दामा धमाधम देखिन थालेका छन् ।
यस्तै टेलिचलचित्र ‘भाविको लेखान्त’ मा नेपाली फिल्मका चर्चित खलपात्र ‘मुकुन्द थापा’ पनि देखिन थालेका छन् । उनी गत शुक्रबारबाट प्रसारणमा आएको टेलिचलचित्रको १३ औं भाग मार्फत देखिन थालेका हुन् ।
उनी टेलिचलचित्रमा त्रिदेव नामक भूमिकामा देखिन थालेका हुन् । यसअगाडि टेलिचलचित्रमा अभिनय नगर्ने भन्दै अफर टार्दै आएका थापा ‘भावीको लेखान्त’को कथाबस्तु र आफ्नो भूमिका राम्रो भएकोले अभिनय गर्न थालेको बताउँछन् ।
‘धेरै अफर आएपनि मलाई टेलिचलचित्र अभिनय गर्न किन किन मनै लाग्दैन’, थापाले भने, ‘भाविको लेखान्त’को कथा र भूमिका राम्रो लागेर छोड्दै सकिन ।’
टेलिचलचित्रलाई सुरेन्द्र थापा र रमेश बुढा मगरले मिलेर निर्देशक गरेका हुन् । आमा साबित्रा फिलिमस्को ब्यानरमा बनेको टेलिचलचित्रका निर्माता तथा श्रृंखला निर्देशन ‘लेखान्त भुसाल र रमेश बुढामगर’ हुन् ।
टेलिचलचित्रमा तारा केसी, कमल प्रसाद भट्ट, रमेश अधिकारी, गीता थापा, लेखान्त भुसाल, रमेश बुढामगर, सुरेन्द्र थापा, आकृति न्यौपाने, यशु भट्टराई, प्रबिण पुरी, सबिन घिमिरे लगायत कलाकारको अभिनय रहँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij