Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

माओवादी केन्द्र गोरखाको इन्चार्जमा कोइराला र संयोजकमा तिमेल्सिनालाई जिम्मेवारी

माओवादी केन्द्र गोरखाको इन्चार्जमा कोइराला र संयोजकमा तिमेल्सिनालाई जिम्मेवारी


  • 2.3K
    Shares

    माओवादी केन्द्र गोरखाको इन्चार्जमा कोइराला र संयोजकमा तिमेल्सिनालाई जिम्मेवारी
    images

    गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इन्चार्ज र संयोजकमा हेरफेर गरिएको छ । पार्टीको आइतबार बसेको गण्डकी प्रदेश समितिको सातौ पूर्ण बैठकले गोरखा जिल्ला संयोजकको जिम्मेवारी प्रदेश समितिका सदस्य दीपक तिमेल्सिनालाई तोकिएको प्रदेश सचिव जगन्नाथ खनालले जानकारी दिए। 

    त्यस्तै केन्द्रीय समितिले गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य दीपक कोइरालालाई दिएको उनले बताए। यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहनु भएका नेता बिष्णुप्रसाद भट्टलाई पार्टीले केन्द्रीय सदस्यमा चयन गरेपछि प्रदेश समितिले तिमेल्सिनालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको सचिव खनालले बताए। नेता तिमेल्सिना गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष समेतथिए । 

    त्यस्तै, गोरखा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका केन्द्रीय सदस्य अमर तमुलाई केन्द्रले नवलपुर जिल्ला समितिको इन्चार्जको जिम्मेवारी दिएपछि गोरखा जिल्ला पार्टीको इन्चार्जमा भने यसअघि पोखरा महानगरपालिकाका इन्चार्ज भईसकेका कोइरालालाई केन्द्रले जिम्मवारी दिएको बताए । 

    माओवादी केन्द्रले यहीँ भदौ १६, गतेदेखि सञ्चालन गर्न लागेको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लाई मध्यनजर गण्डकी प्रदेश भित्रका सवै जिल्लाको इन्चार्जको जिम्मेवारीमा हेरफेर गरेको सचिव खनालले जानकारी दिए । 

    त्यस वाहेक प्रदेश भित्र जिम्मेवारीमा रहेका पार्टीका केन्द्रीय सदस्यहरुलाई अन्तर जिल्ला र प्रदेश समितिका सदस्यहरुलाई अन्तर पालिकामा जिम्मेवारी तोकेको उनले बताए।

    जसमा लमजुङ जिल्लाको इन्चार्जमा आशा खनाल, पर्वत इन्चार्जमा बलावती शर्मा, तनहुँमा शैलेन्द्र घिमिरे, मनाङमा बुद्धिराम गुरुङ, म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामालाई इन्चार्जको जिम्मेवारी दिइएको सचिव खनालले जानकारी दिए।

     

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - १५:२९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij