Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

६० किलो सुन प्रकरणमा पक्राउ परेका ४ चिनियाँसँग भेटियो नेपाली नागरिकता

६० किलो सुन प्रकरणमा पक्राउ परेका ४ चिनियाँसँग भेटियो नेपाली नागरिकता


  • 2.1K
    Shares

    ६० किलो सुन प्रकरणमा पक्राउ परेका ४ चिनियाँसँग भेटियो नेपाली नागरिकता
    images

    काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । 

    केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को हिरासतमा रहेका चारजना चिनियाँले नेपाली नागरिकता लिएको भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) कुबेर कडायतले बताए ।

    कडायतले भने– ‘एकजनाले काठमाडौँबाट र ३ जनाले काभ्रे जिल्लाबाट नागरिकता लिएको भेटिएको छ ।’ डीआईजी कडायतका अनुसार चिनियाँ नागरिक लि–नेङकाईले काठमाडौँबाट सोनाम लामाको नाममा नागरिकता लिएको भेटिएको छ । लि–नेङकाई ३१ साउनमा पक्राउ परेका हुन् ।

    दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ । छिरिङले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको खुलेको छ । तस्करीमा संलग्न डिङ सेग्फा र ली वेन सुङको साथमा पनि नेपाली नागरिकता भेटिएको छ ।

    सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियाँसँग भारतीय आधार कार्ड फेला परेको छ । तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र अर्का एकजना चिनियाँसँग भारतको आधार कार्ड फेला परेको डीआईजी कठायतले जानकारी दिए ।

     

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - १४:०५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij