Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

८ अङ्कले बढ्यो सेयर बजार, १ अर्ब ५४ करोड बराबरको कारोबार

८ अङ्कले बढ्यो सेयर बजार, १ अर्ब ५४ करोड बराबरको कारोबार


  • 2.7K
    Shares

    ८ अङ्कले बढ्यो सेयर बजार, १ अर्ब ५४ करोड बराबरको कारोबार

    काठमाडौँ । लगातार तीन दिनसम्म घटेर राताम्मे भएको शेयर बजार आज बिहीवार सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ विन्दुमा पुगेको छ ।

    आझ म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ फन्डको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डको शेयर साढे सात प्रतिशतले घटेको छ ।

    आज ४० लाख नौ हजार कित्ता शेयर एक अर्ब ५४ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १३ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १४:४२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij