२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । गायक तथा अभिनेताको रुपमा सक्रिय विक्रमजंग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ बोलको गीत बजारमा ल्याएका छन्। यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छिन्।
बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडिओमा ब्रेकअपको कन्सेप्ट देखाइएको छ। प्रेमी र प्रेमिका बीच असमझदारी उत्पन्न भएपछि टुंगिने सम्बन्ध देखाएको गीतको भिडिओमा पल शाह, विजय पुन, बिष्णु पुन, यानी पुन लगायतले नृत्य गरेका छन्। गीतको भाव अनुसार नै भिडिओ तयार गरिएको गायक विक्रमले बताए।
उनले भने, ‘गीतमा अहिलेको यूवा पुस्ताको प्रेम र त्यसपछिको परिस्थितिलाई देखाउने कोसिस गरेका छौं। यसमा सबैले उत्तिकै मेहनत गरेका छन्।’
उनले समझदारीमा प्रेमी र प्रेमिका छुटिने तथा त्यसलाई सेलिब्रेट गर्ने प्रस्तुतीलाई रुचाइएको जानकारी दिए। ‘मलाई सानै देखि नै कला क्षेत्रमा सक्रिय रहने इच्छा जागेको थियो। त्यसलाई नै पछ्याउँदै विभिन्न क्षेत्रमा मेरो उपस्थिति देखिएको हो’, गायक विक्रमले भने।
विक्रम चौहानको निर्देशन र नृत्य निर्देशनमा तयार भएको गीतको भिडिओमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग संयोजन रहेको छ। रैथाने गीतसङ्गीत पस्कने गायक विक्रमले यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायतका गीतहरूमार्फत दर्शक तथा श्रोताको मन जितिसकेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij