Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो– ओली 

आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो– ओली 


  • 2.2K
    Shares

    आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो– ओली 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग नबनाएर सरकारले १ क्विन्टल सुन ६० किलोमा झारेको आरोप लगाएका छन् ।

    नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले गरेको कार्यक्रममा ओलीले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको आरोप लगाए ।

    ‘सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु हो,’ ओलीले भने ।

    निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको अर्को आरोप पनि उनले लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सुन तस्करीको अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको ओलीले बताए ।

    प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप ओलीको थियो ।

    ब्रेक शुमा तस्करी गरेर ल्याउँदा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - ०६:५०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij