२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार २ दिन सबै विद्यालयहरु बन्द गरेको छ।
आँखा पाक्ने रोगले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ । हिउँदे बिदाबाट कट्टा हुने गरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ ।
यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij