Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

अमृता राउतको हत्या आरोपमा एक जना पक्राउ

अमृता राउतको हत्या आरोपमा एक जना पक्राउ


  • 2.2K
    Shares

    अमृता राउतको हत्या आरोपमा एक जना पक्राउ
    images

    डडेल्धुरा। बुधबार मृत अवस्थामा फेला परेकी डडेल्धुराको परशुरामकी अमृता राउटेको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।

    परशुराम नगरपालिका–१२ आमपानिकी १४ वर्षीया बालिका अमृता घर नजिकैको रंगुन खोलामा बुधबार मृत अवस्थामा फेला परेकी थिइन्। मंगलबार दिउँसो अन्य साथिहरूसँगै माछा मार्न खोलामा गएकी अमृता अबेर सम्म घर नआउँदा खोजि कार्य गरिएको थियो।  

    उनीसँगै माछा मार्न गएका अन्य समयमै घर फर्किएका थिए तर एक जना बालक मृतक अमृतासंगै खोलामै थिए। नियन्त्रणमा लिएका व्यक्ति पनि नाबालक भएकाले उनको परिचय भने गोप्य राखिएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगा दत्त बडुले बताए।

    पक्राउ पर्ने बालक राउटे समुदायकै रहेको खुलेको छ।

     

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - १७:२०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij