Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

विभिन्न स्थानमा ७ जना मृत भेटिए 

विभिन्न स्थानमा ७ जना मृत भेटिए 


  • 2.0K
    Shares

    विभिन्न स्थानमा ७ जना मृत भेटिए 
    images

    काठमाडौं । टोखा नगरपालिका-११ गोगंबु गणेशस्थान नजिक प्रेम बहादुर माझीले आफ्नै घरमा संचालन गरेको सिन्धुली रिमिक्स खाजा घरमा विगत १४/१५ वर्षदेखि काम गर्दै आएका रामेछाप मन्थली नगरपालिका-१३ घर भएका ४७ वर्षीय फडेन्द्र खप्‍तडी सोही घरको पहिलो तलाको आफू बस्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

    पर्सा, छिपहरमाई गाउँपालिका-५ भिष्वा बस्ने प्रभु महतो केवटको छोरा १८ वर्षीय सेट कुमार केवट आफ्नै कोठमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

    डडेल्धुरा, पर्शुराम नगरपालिका-१२ आमपानी बस्ने मोहन राउटेकी छोरी १४ वर्षीया अमृता राउटे सोही नगरपालिका-१२ रङगुन खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

    रौतहट, कटहरिया नगरपालिका-८ स्थित सडक छेउमा सोही नगरपालिका(९ डुमरिया बस्ने २० वर्षीय टिमन भन्ने रामअनन्दी माझी बुधबार मृत अवस्थामा फेला परेका छन्।

    झापा, मेचीनगर नगरपालिका-५ बस्ने ५७ वर्षीय शेर बहादुर प्रधान सोही ठाउँस्थित मेचीखोलाको बगरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

    चितवन, राप्ती नगरपालिका-१२ नेटाराङ बस्ने ४८ वर्षीय धनकाजी प्रजा सोही ठाउँस्थित रेबती लोथर खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

    सल्यान, त्रिबेणी गाउँपालिका-१ सल्लेरीस्थित सल्लेरी सामुदायिक वनमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ५७ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - १७:०२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij