Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

स्वदेशमै अवसर खोजौँ, विदेश जाने वित्तिकै सबै चिज प्राप्त गर्न सकिन्न : अर्थमन्त्री डा. महत

स्वदेशमै अवसर खोजौँ, विदेश जाने वित्तिकै सबै चिज प्राप्त गर्न सकिन्न : अर्थमन्त्री डा. महत


  • 2.5K
    Shares

    स्वदेशमै अवसर खोजौँ, विदेश जाने वित्तिकै सबै चिज प्राप्त गर्न सकिन्न : अर्थमन्त्री डा. महत
    images

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । 

    राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज राजधानीमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त गर्न जरुरी छ भने ।

    विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्छ । यहाँ अवसर अथाहा छ, त्यसको उपयोग गर्नुपर्छ, त्यसको खोजीमा आजका हाम्रा युवा लाग्न अर्थमन्त्री डा. महतले जोड दिए ।

    ‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेश भन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन’ मन्त्री डा. महतले भने ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न म अनुरोध गर्दछु ।’ उनले भने ।

    ‘हामीकहाँ अवसर खोज्दा हट मेन्टालिटी छ । एउटाले अवसर देख्यो, फाइदा उठायो, म पनि त्यही गर्नुपर्ने, अर्कोले पनि त्यही गर्ने अर्थात् सबै त्यसैमा लाग्छन्’ मन्त्री डा. महतले भने, ‘त्यसो गर्नु हुँदैन, अर्को अवसर खोज्नुपर्छ ।’

    ‘सूचना प्रविधिको स्पेसमा हामी छौं, जसले गर्दा हाम्रो देशमा अवसर पनि छ । हिजो त्यो अवसर थिएन, भूपरिवेष्टिक देशमा छौं, हरेक उत्पादन कसरी विदेशमा लैजाने, समुन्द्र पार कसरी पुर्याउने लगायतका समस्या छन्’ डा. महतले भने, ‘प्रविधिले गर्दा मार्केटिङ गर्न सजिलो भएको छ ।

    डिजिटल प्लेटफर्म उपयोग गरेर एउटा कुरामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिन्छ । शुन्य लागतमा बेच्ने ठाउँमा पनि तपाईं जोडिन सक्नुहुन्छ । यो हाम्रा लागि अवसर हो ।’

    नेपालमा केही छैन, सबै बिग्रेको छ, सबै अर्थतन्त्र ध्वस्त छ, रोगजारी पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नकरात्मक कुरा गर्छन् । ‘सामाजिक सञ्चालमा नकरात्मक कुरा धेरै चल्छ । 

    सकारात्मक कुराहरु यसरी सर्कुलेट हुँदैन, मन्त्री डा. महतले आग्रह गरे । अब नयाँ पोजेटिभ नेशनल डिस्कोर्स सुरु गरौं । जस्तो पर्यटन उद्योग चलायमान बन्दै गएको छ । यसले धेरै अवसरहरु सिर्जना गर्छ । पर्यटन, आइटी, हाइड्रो र कृषिको नेपालमा धेरै स्कोप छ’ उनले भने ।

    जो बाहिर गएर स्किल लिएर फर्किन्छ, उनीहरुलाई सरकार प्रोत्साहन गर्न चाहन्छ । जति फर्किएका छन्, उनीहरुले गरेको कृषि उद्योग यहाँ लोकप्रिय बन्दैछ । यसमा धेरै अवसर छ, बजार स्वदेश र विदेशमा छ ।

     ‘देशबाहिर सुनको श्रीलंका छैन, विदेश जाने तयारीमा रहनु भएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन, उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाइ पूरा नहुने परिस्थिति, आर्थिक श्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उहाँहरु गुज्रिनु भएको छ । त्यहाँबाट ननिस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ । त्यसैले यहाँ भएका धेरै अवसरहरुको सदुपयोग गरौं ।’ उनले भने ।

    महिला उद्यमशीलता, शैक्षिक प्रमाणपत्र धितो कर्जालगायत बिना धितो कर्जाका कार्यक्रम सञ्चालन भइरहेकोमा त्यसको लाभ युवाहरुले लिनसक्नुपर्छ भने । उद्यमशीलता लक्षित कर्जा कार्यक्रमको उपलब्धि लक्ष्य अनुरुप नदेखिएको उनको भनाइ थियो ।

     

     

     

    प्रकाशित मिति :श्रावण ३१ २०८० बुधवार - १६:०३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij