२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। शेयर बजार परिसूचक नेप्से आज बुधबार २०.३१ अङ्कले घटेर २०२५.१२ विन्दुमा झरेको छ । यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
म्युचुअल फण्ड, ऋणपत्र र सेयर गरी २६९ धितोपत्रको ४८ लाख ३८ हजार १०६ कित्ता खरिद–बिक्री भएको छ । माउन्टेड हाइड्रोपावर नेपाल लिमिटेड र श्यत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेको सेयर मूल्य आठ प्रतिशत भन्दा बढीले घटेको छ ।
हिमालयन डिस्टिलरी लिमिटेडको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको आठ करोड ४१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । शिवम् सिमेन्टको सात करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक १.८५ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij